Section 6
निर्धारण योग्य आय
यस ऐनको अधीनमा रही कुनै व्यक्तिको कुनै आय वर्षमा कुनै रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको देहायका आयलाई निर्धारण योग्य आय मानिनेछः-

(क) बासिन्दा व्यक्तिको आयको स्रोत जहाँसुकै भएपनि त्यस्तो व्यक्तिको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय,र

(ख) गैर-बासिन्दा व्यक्तिको आयको स्रोत नेपालमा भएको रोजगारी, व्यवसाय, लगानी वा आकस्मिक लाभबाट भएको आय ।

तर निर्धारणयोग्य आयमा दफा ११ बा ६४ बा दुबै दफा बमोजिम कर छुट दिइएको कुनै पनि आय समावेश हुने छैन ।